सुचना, समाचार र मनोरन्जन

कलाकार संघले गर्‍यो ‘कलाकार र आम सञ्चार’ विषयमा छलफल

काठमाडौं :

नेपालमा कलाकार र पत्रकारबीचको सम्बन्धमा बेला बेला मनमुटाब भइरहन्छ। उनीहरुबीचको सम्बन्धमा दरार आउँछ । यसै विषयलाई लिएर नेपाल चलचित्र कलाकारले ‘कलाकार र आम सञ्चार’ विषयको विचार गोष्ठिका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल भएको छ।

संघले मंगलवार काठमाडौंमा आयोजना गरेको यस छलफलमा विभिन्न विषयमा कुराकानी भएको थियो। चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो समारोह चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भयो।

झण्डै साढे दुई सय बढी चिरपरिचित अनुहारहरुको उपस्थिति रहेको उक्त विचार गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी,पत्रकार कृष्ण भट्टराई,चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्ती प्रियले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर आफ्ना विचारहरु राखेका थिए।

समारोहमा साहित्यकार तथा निर्देशक राजेन्द्र सलभले कलाकार र आचार संहिता विषयमा आफ्ना विचार व्यक्त गरेका थिए। उनले कलाकारिता क्षेत्रमा आवद्ध हरेक कलाकारहरुले चलचित्र कलाकार संघ तथा चलचित्र विकास बोर्डले जारी गरेका आचार संहिताहरु पालना गर्नु पर्ने बताए।

पत्रकारद्धय शान्तिप्रिय र जीवन पराजुलीले सहजीकरण गरिएको यो समारोहमा कलाकर्मीका प्रधान सम्पादक तथा पत्रकार कृष्ण भट्टराईले कलाकारहरुलाई सञ्चारकर्मीले पछिल्लो समय सामाजिक सञ्जालका सामाग्री पोष्ट गर्दा सजग हुनुपर्ने कुरामा जोड दिए। उनले समाचारको स्रोतको रुपमा उपयोग गरिरहने भएकाले सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्दा सजग, चनाखो हुनुपर्ने धारणा राखेका थिए। उनले कलाकार र तथा सञ्चारकर्मीबीच नङ र मासुका जस्तो सम्बन्ध हुने भए पनि कलाकारले पत्रकारलाई अथवा पत्रकारले कलाकारलाई आफ्नो घनिष्ट साथी बनाउन नहुने कुरामा प्रष्ट पारे।

सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले कलाकारहरु पत्रकारले सोधेका हरेक प्रश्नको जवाफ दिन बाध्य हुनु नपर्ने धारणा व्यक्त गरे । ‘कलाकारहरु आफूलाई जानकारी नै नभएको विषयमा पनि सबै कुरा जानेको झैँ गरि अन्तर्वार्तामा प्रस्तुत भैरहेको देखिन्छ’उनले भने, ‘यदि तपाईंलाई कुनै कुराको ज्ञान छैन अथवा तपाईं कुनै प्रश्नको जवाफ दिन अनिच्छुक हुनुहुन्छ भने म यो प्रश्नको जवाफ दिन सक्दिन, कृपया अर्को प्रश्न सोध्नुहोस् भन्न सक्नु पर्छ ।’

सञ्चारकर्मीसमेत रहेका डिसीले केहि पत्रकारलाई इंकित गर्दै भने आफ्नो कार्यक्रमको टिआरी तथा भ्यूज बढाउन कलाकारलाई र्याख–र्याख्ति पार्न नहुने बताए।

उनी भन्छन्,‘मेरो भुवन केसी र शिव श्रेष्ठ दुबै जना उत्तिकै प्रिय छन् । उहाँहरु दुई जनामध्ये एक जनालाई मात्रै मैले किन छान्ने ? दुई जनामध्ये एक जना छानेर सम्बन्धि कार्यक्रमले भ्यूजमात्र बढाउँछ, बाँकी कसैलाई यसले फाइदा गर्दैन ।’

समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल तथा चैत्यदेविले कलाकार संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर विमोचन गरिएको थियो। समारोहका सभापति तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले राम्रा कलाकार साथीहरुलाई सञ्चार माध्यममा कसरी प्रस्तुत हुने, कस्तो हाउभाउमा प्रस्तुत हुने र कसरी अनुशासिन बन्ने भन्ने विषयमा छलफल गरेका थिए।

Leave A Reply

Your email address will not be published.