सुचना, समाचार र मनोरन्जन

फिल्ममा फर्कन लागेको राजेश हमालको संकेत

काठमाडौं :

फिल्म ‘सकुन्तला’ रिलिज भएको झन्डै पाँच वर्षपछि अभिनेता राजेश हमालले नयाँ फिल्ममा काम गर्न लागेको संकेत गरेका छन्। उनले आफ्नो ६०औं जन्मदिनको अवसरमा एक पत्रकारलाई अन्तरवार्तामा फिल्ममा फर्कन लागेको जानकारी दिएका हुन्।

Chaka Panja

लामो समयको अन्तरालमा उनले फिल्ममा काम नगरेपछि छोडेको आरोप लाग्दै आएको थियो। तर उनले आफूले फिल्म क्षेत्र नछाडेको अन्तरवार्तामा प्रष्ट पारेका छन्। उनले छिट्टै नयाँ खबर आफ्ना दर्शकमाझ पस्किने उद्घोष पनि गरेका छन्।

उनी भन्छन्,‘ढिला भए पनि दुरुस्त तरिकाले आउनेछु ।’

उनले आफुलाई विदेशी फिल्म मेकरले आफ्नो उमेर हेरेर स्क्रिप्ट लेखिरहेको दाबी गरे। उनले थपे,‘मेकहरुले मलाई ‘अप्रोच’ गरिरहनुभएकै छ । विदेश बस्ने मेकरहरुले पनि रुचि देखाउनुभएको छ । मेरै अवस्था (उमेर)लाई हेरेर स्क्रिप्टमा काम गरिरहनुभएको छ।’

Leave A Reply

Your email address will not be published.