सुचना, समाचार र मनोरन्जन

फ्रान्स अस्ट्रियाबीचको खेलमा एम्बाप्पेको नाक भाँचियो

काठमाडौँ :

फ्रान्सले जारी युरोकपमा एम्बाप्पेको नाक भाँचिएका छन्। गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियाको खेलमा उनको नाक भाँचिएको हो। खेलमा क्रममा उनी घाइते भएका थिए। रिपोर्टका अनुसार उनको नाक भाँचिएको हो। मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका हुन्।

एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ। उक्त खेलमा फ्रान्सले अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो। समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.