सुचना, समाचार र मनोरन्जन
Sarangi

क्रिस्टियानो रोनाल्डो छैटौं पटक युराे कप खेल्दै

काठमाडौ/

यूईएफए युरो कप फुटबलमा आज राति समूह ‘एफ’ का दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा बेलुकी पौने १० बजे टर्की र जर्जिया खेल्दैछन् । यो खेल डर्टमन्डको सिग्नल इडुना पार्कमा हुनेछ । यस्तै दोस्रो खेलमा पोर्चुगल र चेक रिपब्लिक खेल्दैछन् । यो खेल राति पौने १ बजे लाइपजिगको रेल बुल एरिनामा हुनेछ ।

आजको खेलमा फुटबल ‘आइकन’ क्रिस्टियानो रोनाल्डो कीर्तिमानी छैटाैँ पटक युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्ने खेलाडी बन्नेछन् । सन् २००४ मा राष्ट्रिय टोलीबाट युरो कपमा डेब्यु गरेका क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म सबैभन्दा धेरै १४ गोल गरेका छन् भने २५ वटा खेल खेलिसकेका छन् । सन् २०१६ मा राेनाल्डाेकाे कप्तानीमा पाेर्चुगलले युराे कप जितेकाे थियाे ।

३९ वर्षीय रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । सन् २००३ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म १ सय ३० गोल गरेका छन् । यस्तै इरानका अली देई १ सय ८ गोलसहित दोस्रो र अर्जेन्टिनी स्टार लियोनल मेसी पनि समान १ सय ८ गोलसहित तेस्रो स्थानमा छन् ।

१७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । फाइनल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

Leave A Reply

Your email address will not be published.