सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रचण्ड र माधवले एमालेलाई मियो मानेका छन्ः प्रदीप ज्ञवाली

चितवन /

नेकपा {एमाले}का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई मियो मानेर अहिलेको सरकार बनेको बताएका छन् ।

आज नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकलाई संवोधन गर्दै ज्ञवालीले नेकपा एमालेका विरुद्ध अप्राकृतिक र प्रतिसोधपूर्ण ढंगले बनाइएको गठबन्धन भत्किएको र नेकपा एमोलेलाई मियो मानेर अहिलेको गठबन्धन बनेको बताएका हुन् ।

हिजो एमाले खराब भनेर गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालहरु पुनः एमालेलाई मियो मानेर नयाँ समिकरण बनाउने स्थितिमा आउनु परेकोे उनको भनाइ थियो ।

एमाले आगामी निर्वाचनसम्मै यो गठबन्धन टिकाउने पक्षमा रहेको उनको भनाइ छ । तर सकारले राम्रो काम गर्दै जानुपर्ने सर्त एमालेको रहेको उनले बताए ।

विगतका ३ वर्षमा सरकारले देश बन्छ भन्ने विश्वास जनताबाट गुमाउने काम गरेको बताउँदै उनले अबको सरकारले देश बन्छ भन्ने विश्वास दिने गरी काम गर्न सक्नुपर्ने बताए । यसो भयो भनेमात्र सरकारमाथि एमालेको सँधै समर्थन रहने उनले बताए ।

अब नेकपा एमालेले कहिल्यै बहुमत ल्याउँदैन, सरकारमा जान सक्दैन भन्दै गरिएको गलत प्रचारलाई एमालेले चिरेको उनको भनाइ छ ।

समृद्ध देश बनाउका लागि नेकपा एमालेको एकल नेतृत्व चाहिने बताउँदै उनले अब आगामि निर्वाचनमा एमालेको बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । बैशाखी टेकेर बन्ने सरकारको नेतृत्व कुर्सी जोगाउनैतर्फ ध्यान केन्द्रित हुने गरेको बताउँदै उनले यस्तो सरकारबाट सोचेजस्तो काम हुन नसक्ने बताए ।

गएको ३ वर्षमा जसरी एमालेलाई कमजोर बनाउने ठूलो कसरत भएको थियो। त्यसको ठिक विपरित अब एमाले झन्झन् शक्तिशालि बन्दै जाने गरी पार्टीको ग्राफ उकालो लागेको उनको भनाइ छ।

एमालेलाई तल पार्न खोजेकाहरुले पार्न सक्ने जति पारिसकेको बताउँदै उनले एमाले अब बाउन्स ब्याकको नयाँ स्तरमा पुगेको बताए। इलाम र बझाङ उपनिर्वाचनमा एमालेको सानदार जितलाई उनले एमो निर्विकल्प वामशक्ति भएको बताए।

Leave A Reply

Your email address will not be published.