सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढ्यो

काठमाडौँ/

वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ । वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुबानमा परेका छन् । उपत्यकाभरि हालसम्म कति घरटहरा डुबानमा परे भन्ने यकिन विवरण छैन ।

IVF Big

भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुबानमा परेको छ । ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।

उनका अनुसार हनुमन्ते खोलाले राममन्दिर क्षेत्रमा पनि केही टहराहरु डुबानमा परेको छ । जलसतह बढ्ने क्रममा रहेकाले नदी किनारका बस्ती क्षेत्रमा सतर्कता अपनाइरहेको उनले जानकारी दिए ।

वाग्मतीमा आएको बाढीका कारण करिडोर सडकहरुसमेत जलमग्न भएको छ । ललितपुरको युएन पार्क क्षेत्रको करिडोर सडकसमेत बाढीले डुबाएको छ ।

Leave A Reply

Your email address will not be published.