सुचना, समाचार र मनोरन्जन

खेलकुद परिषद गण्डकीले खेलाडीलाई पुरस्कृत गर्ने

पोखरा /

प्रदेश खेलकुद परिषद गण्डकीले विजेता खेलाडीहरुलाई २९ गते पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।

तीन विभिन्न राष्ट्रिय प्रतियोगिताका १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले बताए । पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना छन् । तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका ५५, तनहुँ र नवलपुरका २२र२२, बाग्लुङ र स्याङजाका १८र१८ म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।

पोखरा रंगशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गर्ने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.