सुचना, समाचार र मनोरन्जन

पेन्सन पट्टा र कबड्डी ५ को कमाईले दयाहाङको मुहारमा चमक

काठमाडौँ :

अभिनेता दयाहाङ राईलाई एकपछि अर्को फिल्मले सफलता दिलाइरहेका छन्। माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सनपट्टा’पछि ‘‘कबड्डी ५’ले केहि दिनमा नै दश करोडको व्यापार गर्ने छनक देखिन्छ। किनभने यो फिल्मले पाँच दिनमा नै ७ करोडमाथीको व्यापार गरिसकेको छ। सोही अवरमा निर्माण टिमले बिहिबार यसै फिल्मको कथा भन्ने गीत ‘बुझन मलाई’सार्वजनिक गरेका छन्।

Pach Pandav

दर्शकले अत्यधिक रुचाइएका ‘कबड्डी’ शृङ्खलाका मुख्य पात्र काजी (दयाहाङ)पात्रलाई अभिनय गराइएको छ। दयाहाङलाई दर्शकले काजी र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र नयाँ मैया सिर्जना गुरुङबीचलाई रुचाएका छन्। उनीहरुबीचको रमाइलो नोकझोक र प्रेमको अल्झिएको सम्बन्धलाई दर्शकले रुचाएपछि दयाहाङको मुहारमा मुस्कान फर्किएका छ। किनभने यसअघिका केहि फिल्मले व्यवसायिक रुपमा असफल भएका थिए।

लगातार दुई फिल्मले व्यापार गरेपछि कसको मुहारमा चमक नआउला र हैन त? किनभने यसअघि रिलिज भएका फिल्म‘मिरमिरे’,‘भुठान्’ले हलमा पानी भन्न समेत नपाउने अवस्थामा पुगेको थियो। अब त दुई फिल्मले एक महिनाको अवधिमा दश करोडमाथीको व्यापार गरेपछि अनुहार मलिनो बनाउने कुरै भएन नि?हैन त दयाजी।

Leave A Reply

Your email address will not be published.