सुचना, समाचार र मनोरन्जन

हरिवंश आचार्यको डबिङसँगै सुरु भयो फिल्म ‘चिरञ्जीवी भवः’को पोस्ट प्रोडक्सन

काठमाडौं :

हरिवंश आचार्यले फिल्म ‘चिरञ्जीवी भवः’को डबिङ गरेका छन्। हरिवंशले आफ्नो पार्टको स्वर भरेसँगै फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत स्वरकनको काम सुरु गरिएको हो।
यस फिल्मलाई ब्लकबस्टर फिल्म ‘परान’का लेख तथा निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका हुन्। छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले अब पोस्ट प्रोडक्सनको कामलाई अघि बढाएको निर्देशक आचार्यले बताए।
उनले मिडियासँगको कुराकानीमा फिल्म निर्माणका क्रममा गुणस्तरमा काम गरेको र अब पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरिने दाबी गरे। निर्देशक आचार्यले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ।’

सामाजिक विषयवस्तुमा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको निर्माण पक्षको भनाई छ। फिल्ममा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री, मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसा यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन्।

Pach Pandav

फिल्ममा आशीर्वाद र प्रशंसालाई जोडीका रूपमा प्रस्तुत गरिने हो वा होइन भन्ने विषयमा निर्माण टोलीले अहिलेसम्म खुलाएको छैन्। उनीहरूबीचको सम्बन्ध र भूमिकालाई लिएर निर्माणपक्षले जानकारी सार्वजनिक नगर्दा फिल्मको यो पक्ष रहस्यमै छ। फिल्ममा कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापालगायतको पनि अभिनय रहेको छ।

बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतमले अभिनय गरेका छन्। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको छ भने पटकथा तथा संवादमा सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन्। फिल्मका गीतमा निर्देशक आचार्य स्वयंसँगै रञ्जित गजमेर र हर्क साउदको शब्द रचना रहेको छ भने फिल्म बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन्। त्यस्तै, नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन्। फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादनको जिम्मा मित्र डी गुरुङको छ।

यस फिल्ममा रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन्। प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले,प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् रहेको यस फिल्ममा समीर मियाँ र सत्यम राणाको भीएफएक्स रहेको छ। रेनिश फागोको कलर ग्रेडिङ,रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मकोछायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ भने फिल्म आगामी माघ १ गते रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.