सुचना, समाचार र मनोरन्जन

सुष्मा,प्रमोद र देवी धर्तीको ‘तिते करेलीमा अमिलो ट्वाक्क’

काठमाडौं :

गायिका सुष्मा बिसी,प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’तीजको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा शब्द र संगीत प्रमोद भुषालले भरेका छन्। कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको हुकलाइन लेक कुमारी भुषालको रहेको छ।

गीतको म्युजिक भिडियोमा गायिका स्वयम् सुष्मा बिसी नारायणी खत्री, सञ्चिता बोलाखे,उमराज थापा लगायतले नाचेका छन्। प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

यसअघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत ‘गठबन्धन’सार्वजनिक गरिसकेकी छन् । उनले एकपछि अर्को तीज गीत सार्वजानिक गरिरहेकी छन्।

Leave A Reply

Your email address will not be published.