सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल

काठमाडौँ :

अनमोल केसी अहिले फुर्सदिला छन्। घरको व्यानरमा निर्माण भइरहेको फिल्म ‘बाटुलो जुन’को सुटिङ करिब सकिएको छ। आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने हल्लाकाबीच यो फिल्मको सुट सकिएको हो। तर निर्माण पक्षले आधिकारिक धारण मिडियामार्फत जानकारी दिएको छैन।

Chaka Panja

यसैबीच अनमोल केसी अमेरिका प्रस्थान गर्न लागेको चर्चा छ। उनी निकट पत्रकारहरुले अनमोल केसी अमेरिका जान लागेको बताइरहेका छन्। उनी अमेरिका जानुको मुख्य कारण विश्वकप खेलकुद हो। ‘बाटुलो जून’ को झन्डै तीन साता लामो छायांकन गरेलगत्तै उनी अमेरिकातर्फ लागेका हुन्।

आगामी आइतबार अमेरिकाको टेक्सासस्थित ड्यालस रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल खेल प्रत्यक्ष हेर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। मेस्सीका फ्यान अनमोलले उनको खेल हेर्नका लागि महँगो रकम खर्च गरेर अमेरिका हिडेका हुन्। विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीका ठूला प्रशंसक रहेका केसीले रंगशालामै पुगेर खेल हेर्ने आफ्नो लामो समयदेखिको योजना बल्ल पूरा हुन लागेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.