सुचना, समाचार र मनोरन्जन

यश कुमारको ‘हिरो’मा गरिमा दिपेन्द्र र रोजन

काठमाडौं :

गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ। साथै गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन्।

Chaka Panja

यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। यो उनलको यशसँग पाँचौं सहकार्य हो। यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन्। पाँचौ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन्। पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढि रहेकाले पनि आफुलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए।

यो गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ। यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए।

Leave A Reply

Your email address will not be published.