पोखरा /
आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।
घामपानी कम्प्लेक्स चिप्लेढुङ्गा पोखरामा आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरि नयाँ आउटलेटको उद्घाटन गरिएको हो ।
नयाँ आउटलेटको उद्घाटन फेसन व्यक्तित्व विशाल गुरुङले गरेका थिए । सञ्चालिका राधिका राना थापाले आफ्नो नयाँ आउटलेटको उद्घाटनमा फेशन आइकन विशाल गुरुङलाई प्रमुख अतिथिका रूपमा पाउँदा निकै खुसी लागेको बताइन् ।
उद्घाटनमा उनले परिवारका सदस्य, आफन्त र साथीभाइलाई निम्तो दिएकी थिइन् । फेसन आइकन विशाल गुरुङले तीन सन्तानसहित विधवा महिलाले आत्मनिर्भर भएर घर चलाएको देखेर निकै भावुक भएको बताए ।
३ बुटिक कलेक्शनमा कुर्ता, सारी, लेहंगा, लगायत बुटिकका विभिन्न सामान उपलब्ध रहेको सञ्चालिका थापाले जानकारी दिइन्।