सुचना, समाचार र मनोरन्जन

‘खजुरे ब्रो’ले फाप्यो नीति शाहलाई,एकपछि अर्को फिल्ममा इन्ट्री

काठमाडौं :

अभिनेता अनमोल केसी,प्रदीप खड्कासँग फिल्ममा डेब्यु गर्ने सोच बनाएकी नीति शाहलाई,त्यो अवसर जुरेन। उनले केहि फिल्ममा साइन गरिन् तर ति फिल्म बनेनन् भने कुनै घोषणामै सिमित रहे।

Pach Pandav

सोही क्रममा उनलाई अनलक्की हिरोइन्को ट्याक लाग्यो। अनलक्की हिरोइन भन्न थालेपछि झुर कथामै भएपनि फिल्म खेलौन भन्ने लाग्यो र कमेडी बेसको फिल्म ‘खजुरे ब्रो’मा अनुबनध भइन्। उनको यो फिल्म यसै वर्ष रिलिज भयो। उनको डेब्यू फिल्म ‘खजुरे ब्रो’कै बक्स अफिसमा कमजोर बन्यो। उनको अभिनयले तारिफ पाउन सकेन। त्यसपछि उनको करिअर अब के होला भन्ने प्रश्नहरू उठेका थिए। पहिलो गाँसमै ढुङ्गा भेटियो भन्दै गसिप बने।

तर उनको त्यो असिफलाई फेल खुवाउन थालेकी छन्। उनले एकपछि अर्को फिल्ममा धमाधम काम गरिरहेकी छन्। उनको हातमा यतिबेला फिल्म नै फिल्मको लाइन छ। केहि दिन अघि ‘ज्वाइँ साब’को छायांकन सकेकी नीतिले नयाँ फिल्म ‘मोहर’मा अनुबन्ध भएकी छिन्। उनलाई फिल्मका निर्देशक ओम प्रतिकले आफ्नो फिल्म ‘मोहर’मा अनुबन्ध गरेका हुन्।

यसअघि नीतिको हातमा फिल्म ‘रुखान’ परिसकेको छ। सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा उनी अनुबन्ध भइसकेको छिन्। यता नीतिले निर्देशक दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट पनि साइन गरेकी छन्।

Leave A Reply

Your email address will not be published.