सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

काठमाडौँ/

देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

IVF Big

यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए।

हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.