सुचना, समाचार र मनोरन्जन

काँकडभिट्टाबाट आठ करोड १० लाख रुपैयाँभन्दा धेरैको जडीबुटी निर्यात

झापा/

पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाको क्वारेन्टिन कार्यालयकाअनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।

Pach Pandav

गएको आर्थिक वर्षमा चार करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।

यसैगरी यही अवधिमा एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला र १२ लाख रुपैयाँ बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

Leave A Reply

Your email address will not be published.