काठमाडौं :
शंकर कोइरालाले निर्देशन गरेको फिल्म ‘मोदीबेनी’ यही श्रावण १८ गतेबाट रिलिज हुँदैछ। फिल्ममा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूले अभिनय गरेका छन्। यहि फिल्मबाट नयाँ अभिनेताको उदय हुँदैछ। उनी हुन्,भोजपुरका अमर प्रताप श्रेष्ठ। उनले यहि फिल्मबाट अभिनेताको रुपमा डेब्यु गरेका छन्।
केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनय गरेका अमरले यहि फिल्मबाट फिल्ममा प्रवेश गरेका हुन्। पहिलो पटक ठुलो पर्दामा अभिनेताको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो, र अमरको प्रतिक्रिया यसको साक्षी हो।
जब श्रेष्ठलाई ‘मोदीबेनी’मा प्रमुख भूमिका प्रस्ताव गरियो,उनी एकाएक उत्साहित र सम्मानित महसुस गरे। उनले भने,‘मैले यो चलचित्रको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो अवसरको लागि म धेरै उत्साहित थिएँ। मेरो प्रारम्भिक प्रतिक्रिया उत्साह र अलिकति नर्भसनेसको मिश्रण थियो।’
उनले थपे,‘चलचित्रको टिम धेरै व्यावसायिक थियो, र कलाकार तथा प्राविधिकबिचको आपसी सहकार्यको भावना पनि धेरै मजबुत पाएँ।’
फिल्मको छायाङ्कनको क्रममा अमरले केही चुनौतीहरूको सामना गर्नुपरेको आफ्नो अनुभव सुनाए।
उनले भने,‘केही दृश्यहरू भावनात्मक रूपका पनि थिए, जसका लागि मानसिक र भावनात्मक तयारीको आवश्यकता थियो। छायाङ्कनको क्रममा जटिल स्थानमा छायाङ्कन गर्नु र अप्रत्याशित मौसम स्थितिहरूसँग जुध्नुपर्नेजस्ता लजिस्टिकल चुनौतीहरू पनि सामना गर्नु प¥यो।’
फिल्मको स्कृष्ट मन परेको कारण फिल्ममा काम गरेको उनले बताए।
उनी थप्छन्,‘मुख्य रूपमा स्क्रिप्टमा लेखिएको पात्र र म समान देखिन केही मेहनत लाग्यो,“ उनले भने। यसले उनको भूमिका बलियो बनायो। यस चलचित्रमा निर्देशक र कलाकारसँगको सहकार्य अमरको लागि उत्कृष्ट अनुभव रह्यो।’
उनले थपे,‘दिग्गज कलाकारहरू पनि हुनुहुन्छ। सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारसँग काम गर्न पाउनु मेरो अहोभाग्य हो।“
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। फिल्म दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन,राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।