सुचना, समाचार र मनोरन्जन

वर्षाको ‘मोदीबेनी’भिड्दै हलिउड फिल्म ‘डेडपुल एन्ड उल्भरिन’सँग

काठमाडौं :

शुक्रबारबाट अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मोदीबेनी’प्रदर्शनमा आएको छ। बुधबार प्रिमियरमा सेलिब्रेटीले रुचाएको फिल्मलाई आजबाट निर्माण टिमले प्रदर्शनमा ल्याएको हो। यो फिल्मसँग हलिउड फिल्म ‘डेडपुल एन्ड उल्भरिन’भिडिरहेको छ।

Chaka Panja

नेपाली र हलिउड फिल्मबीचमा एड्भान्स बुकिङ नै आक्रामक देखिएको छ। ‘डेडपुल एन्ड उल्भरिन’को रिलिजका कारण मल्टीप्लेक्सहरुमा मोदीबेनीले न्यून शोज पाएको छ। त्यस कारण यो फिल्मलाई व्यापारमा ठूलो चुनौती देखिन्छ ।हलिउड मात्र होइन ‘मोदीबेनी’सँग बलिउड फिल्म ‘ओरोन मे कहाँ दम था’ पनि प्रतिस्पर्धामा छ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा निर्माण गरिएको यस फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ नव प्रस्तुति, सरोज खनाल, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, हिउँवाला गौतम, सरोज अर्याल, गोविन्द सुनार, पूजन श्रेष्ठ, स्नेहा भट्टराई, लविस गर्तौला, सुब्रतराज आचार्य आदिको अभिनय छ । फिल्मका निर्देशक शंकर कोइराला हुन्।

यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ रहेको छ भने राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर छ। आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका निर्माता दीलिप केसी र सह–निर्माता हरि श्रेष्ठ हुन्।

Leave A Reply

Your email address will not be published.