सुचना, समाचार र मनोरन्जन
Sarangi

देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौँ /

न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् । यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।

यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।

Leave A Reply

Your email address will not be published.