काठमाडौं :
फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म‘डिएनए’को घोषणा गरिएको छ। मंगलबार निर्माण टिमले फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मलाई चानस पुन मगरले निर्देशन गर्दैछन्।
निर्देशक मगरका अनुसार, यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्।
यस फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।
आगामी फाल्गुनबाट फिल्मको छायांकन थाल्ने निर्माण पक्षले जनाएको छ। अर्का निर्देशक मणि रत्न त्रिपाठीले पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको बताए। यस फिल्ममा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने उनीहरुको दाबीछ। फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही दिनमा ने सार्वजनिक निर्देशकद्धयको भनाई छ।