सुचना, समाचार र मनोरन्जन

वेलटेन प्रोफेशनलको हेयर केयर वर्कसप पोखरामा सफलतापूर्वक सम्पन्न

पोखरा/

नेपालको सौन्दर्य क्षेत्रमा ख्यातिप्राप्त कस्मेटिक ब्राण्ड वेलटेन प्रोफेशनलले पोखराको पौवा रिसोर्टमा १ दिने हेयर केयर वर्कसप सफलतापूर्वक सम्पन्न गरेको छ। वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि.को आयोजनामा सौन्दर्य विज्ञ अनिल दासको नेतृत्वमा आयोजित यस वर्कसपमा हेयर केयरका नवीनतम प्रविधिहरूको प्रशिक्षण प्रदान गरियो।

कार्यक्रमको अध्यक्षता वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक कृष्णप्रसाद प्रसाईंले गर्नुभएको थियो। उहाँले वेलटेनका उत्पादनहरूमा उच्च गुणस्तर कायम राखिएको उल्लेख गर्दै, बजारमा यी उत्पादनहरूको माग बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो। प्रसाईंले प्रशिक्षार्थीलाई वेलटेनका उत्पादनहरूबारे विस्तृत जानकारी पनि दिनुभयो।

Pach Pandav

सौन्दर्य विज्ञ अनिल दासले केराटिन बोटक्स, हेयर स्ट्रेट, प्रोफेशनल हेयर कलर, र हेयर टोनिङ प्रिलाइटनिङ जस्ता विधिहरूमा प्रत्यक्ष रूपमा व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो। सहभागीहरूले यी प्रविधिहरूको प्रयोगमार्फत भविष्यमा कसरी आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा ज्ञान हासिल गरे।

यसै अवसरमा, पूजा स्टोर्सका संचालक सुमन श्रेष्ठको संयोजनमा, नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गर्दै वेलटेनका नयाँ उत्पादनहरूको लन्च पनि गरिएको थियो।

Leave A Reply

Your email address will not be published.