सुचना, समाचार र मनोरन्जन

राप्रपाद्वारा हवाई भाडा वृद्धि गर्ने सञ्चालकविरुद्ध कडा कारबाहीको माग

काठमाडौं/

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद्को समयमा हवाई भाडा वृद्धि गर्ने हवाई सञ्चालकहरूमाथि कडा कारबाही गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले हवाई भाडादरमा मनपरी गर्ने सञ्चालकहरूमाथि कारबाही गर्न आठ बुँदे प्रस्ताव प्रस्तुत गरेको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठकमा पार्टीको धारणा सार्वजनिक गर्दै विपद्का कठिन परिस्थितिमा यात्रुलाई आर्थिक शोषण गर्ने सञ्चालकहरूको ठगीप्रति कडा आपत्ति जनाउँदै तत्काल कारबाहीको माग गरे।

‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्दै यात्रुहरूमाथि मनलाग्दी लुट मच्चाउनेहरूलाई कडा कारबाही गरिनु पर्दछ,’ शाहीले भने। ‘हामीले यस सम्बन्धमा सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छौँ।’

राप्रपाले यस कदमलाई नागरिकहरूको हितमा महत्त्वपूर्ण ठहराउँदै सरकारले यात्रुको सुरक्षाका साथै आर्थिक संरक्षणका लागि पनि आवश्यक नीतिहरू लागू गर्नुपर्नेमा जोड दिएको छ।

 

Leave A Reply

Your email address will not be published.