सुचना, समाचार र मनोरन्जन

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि स्थगित भएको फिल्म ‘सानो संसार’ अब कात्तिकमा

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’आगामी कात्तिक ९ गते प्रदर्शन हुने भएको छ। फिल्म प्रदर्शनकै दिनबाट परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्मका निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए।

Chaka Panja

निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो। यो फिल्मको प्रदर्शन मितिमा अन्य कुनै नेपाली फिल्मले रिलिज डेट तोकेका छैनन्। यो फिल्मको प्रदर्शन स्थगित हुँदा पर्सिबाट चल्ने फिल्म ‘बेहुली फ्रम मेघौली’सँग जुध्ने हल्ला चलेको थियो। अन्तत कुनै फिल्मसँग नजुध्ने मितिमा फिल्म पुगेको छ।

प्रदर्शनपूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको यो फिल्मले समिक्षक हिसावले पनि राम्रो मानिएको थियो।
७० लाख खर्च भएको यो फिल्मलाई नव निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्। फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा,अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ। निर्देशकदेखि कलाकार सबै नयाँ हुन्। ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन्। फिल्म लेखनमा

Leave A Reply

Your email address will not be published.