काठमाडौँ/
वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्राचार गरेको थियो । तर, अन्तिममा आएर विभागले असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको हो ।
असोज ११ गते सूचना जारी गर्दै विभागले असोज १५ गतेदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स एण्ड आर्यरिस रिकग्निजेशन सिस्टम लागू हुने भनेको थियो ।
तर, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले उक्त सिस्टम जडान गर्नमा प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको विभागले जनाएको छ ।
अब असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिङ्ग्रप्रिन्ट सिस्टमले काम गर्ने विभागले जनाएको छ । असोज २९ गतेदेखि आईरिस सिस्टम अनिवार्य रूपमा लागू हुने विभागले दाबी गरेको हो ।
यसअघि पटकपटक आईरिस जडान गर्ने प्रक्रिया स्थगित हुँदै आएको थियो ।
बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने
काठमाडौँ । अब बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।
मंगलबारको बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ ।
बाटोको अवस्था खराब भएपछि बिहान यातायात व्यवसायीहरू यातायात व्यवसायी टिकट बन्द गर्ने मनस्थितिमा पुगेका थिए । अहिले भने टिकट बुकिङको घोषणा नगरी अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय भएको हो ।