पोखरा/
गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए ।
उसो त बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत “मुस्ताङे नानी” लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथी छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् । मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको भएर पनि होला म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।
उक्त गीतले लोमान्थाङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्शाउन खोजिएको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- व्यवसायीको आवाज बलियो बनाउन नविन नापितको उम्मेदवारी
- अस्पतालमा बेपत्ता तस्वीर हेर्दै टोलिइरहेका आँखा
- त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
- पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …
- ‘सुरुङबाट जीवितै उद्धार भएकाहरू एक्कासि रोए, केही बोलेनन्’
- ‘दश मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्यो’
- माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र
- तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
- अस्मिताले पाइन् घरमै नागरिकता
- भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम