काठमाण्डाै/
गृहमन्त्री रमेश लेखकले वर्षाजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन पालिकाहरूलाई अनुरोध गर्नुभएको छ ।
मन्त्रालयमा आज भएकाे एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पालिकाले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताउनुभयो । पालिकाले जति चाँडो लाभग्राही पहिचान गरेर सङ्घ सरकारलाई नाम पठाउँछन्, त्यति नै चाँडो पीडितले राहत पाउने उहाँले बताउनुभयो ।