सुचना, समाचार र मनोरन्जन

आज हुँदैछ १९ औं कालरात्री म्युजिक फेस्टिभल: सल्लाघारी पार्क निर्माणका लागि सांगीतिक उत्सव

  • पोखरा/

असोज २५ – पोखरा-१३, बाँझापाटनस्थित सल्लाघारीमा आज १९ औं कालरात्री म्युजिक फेस्टिभल २०८१ हुँदैछ। सत्य युवा सेवा समितिद्वारा आयोजित यस महोत्सवको मुख्य उद्देश्य सल्लाघारीमा निर्माण हुँदै गरेको रमणीय पार्कको लागि आर्थिक सहयोग जुटाउनु हो।

फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइ, दी डिमेज ब्याण्ड, नेपाल आइडलका फाइनलिस्ट मानव परियार र रोहनजंग कार्कीजस्ता चर्चित कलाकारहरूको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रमको सञ्चालन आयुष श्रेष्ठले गर्नेछन्।

सल्लाघारी पार्कले पोखराको पर्यटकीय क्षेत्रलाई थप विस्तार गर्दै उत्तरपूर्वी पोखराको सुन्दर दृश्य अवलोकन गर्न सकिने नयाँ गन्तव्य थप्नेछ। यस सांगीतिक कार्यक्रममार्फत संकलित रकम पार्क निर्माणमा प्रयोग गरिनेछ।

कार्यक्रमको अनलाइन टिकट बुकिङ जारी छ, जहाँ टिकट दर ५ सय र १ हजार रुपैयाँ रहेको छ। आयोजकले देशविदेशबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सबैलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.