सुचना, समाचार र मनोरन्जन

लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम ‘एफएलएफ अवार्ड’मा मनोनयन

काठमाडौं :

फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिले आयोजना गर्दै आएको लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड’ को छैटौं संस्करणको मनोनयन सार्वजनिक भएको छ। अमेरिकामा आयोजित एक कार्यक्रममा मनोनयन सार्वजनिक गरिएको हो ।

१७ विधामा प्रदान गरिने अवार्डको मनोनयन अनुसार निर्देशनमा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, चन्द्र लिम्बु मनोनयनमा परेका छन्। त्यस्तै नायिकामा विमला खजुम, बबिता फोम्बो, रुपा आङबुहाङ, बबिता नेयोङ, नायकमा मौसम इम्बुङ, सुमन थाम्सुहाङ, आशाहाङ आङबो, सञ्जिब लिम्बु छन्।

अवार्डमा गायन विधामा पुरुषतर्फ राजेशपायल राई, सुमन लिम्बु, असार सिङ निङलेखु छन् भने महिलातर्फ निरन्ता नेम्बाङ, मनु नेम्बाङ, अन्जु पन्त, श्रेयसी चेम्जङ छन्। त्यस्तै गीतसंगीतमा रिता फोम्बो, कुल्बा सुब्बा, अशोक लोहरुङ, सुवर्ण नेम्वाङ छायांकनमा सम्राट कार्की, युवराज राई, रबिन्द्र बराल मनोनयनमा परेका छन् ।

अमेरिकाको न्यूयोर्कमा भएको मनोनयन सार्वजनिक कार्यक्रममा अमेरिकामा रहँदै आएका युवा व्यवसायी, सामाजिक अभियन्ता र कलाकार केशवराम राई प्रमुख अतिथी थिए। कार्यक्रममा जुरी प्रमुख निर्देशक किशोर सुब्बा, कलाकार तथा समाजसेवी ममता राई, निर्देशक गरचा किरातको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.