सुचना, समाचार र मनोरन्जन
Sarangi

उल्टो साइकल यात्रीले ल्याए आफ्नै स्वरमा गीतको भिडियो

काठमाडौँ :

नेपालमा प्रथम मेची महाकाली उल्टो साइकल यात्री दाबी गरिएका जे.वी.पोखरेल (जिवनाथ)को सांगीतिक कोसेली सार्वजनिक भएको छ। उनले ‘ह्याप्पी हर्मोन’ नामक गीतको भिडियो सार्वजनिक गरेका हुन्।
उनको गायनमा रीता केसीले साथ दिएकी छन्।

डान्सिङ्ग तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको गीतको भिडियोमा हेर्न सकिन्छ। यस गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन्।

उनले २०६३ सालमा लागु औषध तथा दुर्व्यसनमा किशोर किशोरीलाई नलाग्न जन चेतना जगाउने उद्देश्यले पुर्वको मेची पुलदेखि पश्चिमको दोधारा चाँदनी सम्म उल्टो साइकल यात्रा गरेका थिए।

पृथक रुपमा निर्माण गरिएको गीत गिनिज बुक अफ वर्ल्ड रेकर्डस् को लागि लगिने प्रथम मेची(महाकाली उल्टो साइकल यात्री जेवी पोखरेलले बताए। गायक स्वास्थ्य क्षेत्रमा कार्यरत छन् भने भिडियोको महिला कलाकार सुधा गौतम शिक्षिका हुन्। भिडियोमा उल्टो साइकलमा यात्रा गर्दै बिभिन्न क्रियाकलाप गरिएको दृश्यहरु समाबेश छ।
गायक पोखरेलकै निर्देशनमा बनेको भिडियोको छायांकन पदम विस्वकर्मा,सुमन एसकेआर,कमल श्रेष्ठले गरेका हुन् भने सम्पादन संदेश शाहले गरेका हुन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.