सुचना, समाचार र मनोरन्जन
Sarangi

माओवादी केन्द्रले आज सरकार विरुद्ध खबरदारी सभा आयोजना गर्ने

काठमाडौँ/

नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए । उनका अनुसार अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ ।

‘जनप्रदर्शनको लगभग सबै तयारी पुरा भएको छ । बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने । ट्राफिक जाम हुने समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको छ । मलमा जम्मा भएर झाँकी, बाजागाजासहित अगाडि बढ्छौँ । जनताको समस्यालाई हेरेर फरक र रचनात्मक गराउन खोज्दै छौँ’, तयारीबारे जनाकारी दिँदै उनले भने ।

Leave A Reply

Your email address will not be published.