सुचना, समाचार र मनोरन्जन
Sarangi

१२ दिनमै सकियो ‘फेरी रेशम फिलिली’को एक चरणको छायांकन

काठमाडौं :

फिल्म ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ। दशैं लगत्तै सुरु गरिएको फिल्मको पहिलो चरणको छायांकन सकिएको हो।

काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ। फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए। उनका अनुसार केही प्रतिशत छायांकन आफ्नै गृहजिल्ला चितवनमा गरिनेछ। फिल्मको ब पहिलो सेड्युल छायांकन उत्साहजनक रहेको अनुभव पनि निर्माण कडेलले सेयर गरेका छन्।

यो फिल्म २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो। फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन्। विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ। मेनुका प्रधानसँगै फिल्ममा निर्देशक पनि परिवर्तन भएका छन्। पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्।

फिल्म विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ। ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह(निर्मातामा एनी थापा छन्। सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भैरहेको फिल्म सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ।

Leave A Reply

Your email address will not be published.