सुचना, समाचार र मनोरन्जन

सर्वोच्चबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा हाजिर हुन्छु : दिपक मनाङे

 

 

कास्की : गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका छन्। मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका हुन।

‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ।अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’, उनले भनेका छन्।

Leave A Reply

Your email address will not be published.