सुचना, समाचार र मनोरन्जन
Sarangi

लुक्लामा सुटिङ थालियो फिल्म ‘जेरीः अन टप’को

काठमाडौं :

काभ्रेको विभिन्न स्थानमा छायांकनपछि फिल्म ‘जेरीः अन टप’को टिम लुक्ला पुगेको छ। फिल्मको दोस्रो चरणको छायांकनका लागि कलाकार तथा प्राविधिक टिम लुक्ला पुगेको हो।

निर्माण पक्षका अनुसार लुक्लापछि फिल्मको छायांकन भारतको लद्दाकमा हुनेछ। सरोज न्यौपानेको लगानीमा तयार भइरहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन्। फिल्ममा मुख्य कलाकारका रुपमा अनमोल केसी,भुवन केसी,जसिता गुरुङ,निर्मल शर्मा,विपना थापा लगायतले अभिनय गर्दैछन्।

यो फिल्ममा विपना थापा र भुवन केसीले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि भुवन र विपनाले ‘तँ त साह्रै बिग्रिस नि बन्द्र’मासँगै अभिनय गरेका थिए। लामो अन्तरलापछि विपना र भुवनले एउटै स्कृनमा अभिनय गर्न लागेका हुन्। यो फिल्ममा अनमोल केसीको आमाको भुमिका विपनाले गर्ने बुझिएको छ। त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई फागुनको २ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षले तिहारअघि नै जानकारी दिएको थियो।

Leave A Reply

Your email address will not be published.