सुचना, समाचार र मनोरन्जन

बैशाख १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू हुने

काठमाडौं :

चलचित्र विकास बोर्डमा बक्स अफिस जडान भए पनि त्यहाँको रिपोर्ट सार्वजनिक गरिएको छैन। अघिल्ला बोर्ड अध्यक्ष भुवन केसीको पालामा केहि समय सार्वजनिक भएको बक्स अफिस रिपोर्ट निर्माता तथा वितरकहरुको कारण सार्वजनिक गर्न छोडिएको थियो। अब भने बक्स अफिस रिपोर्टलाई निरन्तरता दिने बताइएको छ।

Pach Pandav

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले वैशाखको १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने जानकारी दिएका हुन्। बुधबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले बैशाख १ गतेबाट रियल टाइम बक्स अफिस लागु हुने बताए। उनले तीन वटा काम आफुले गर्न लागेको बताउँदै त्यो डेढ वर्षभित्रमा सक्ने समेत सुनाए।

‘बैशाख १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’उनले भने,‘ सम्बन्धित निर्माताले कुनै पनि समयमा बक्स अफिस देखाउन सक्ने गरी लागू हुनेछ। चलचित्र ऐन संसदको बर्खे अधिवेशनमा विशेष समय लिएर हामी पास गर्नेछौँ । राजा महेन्द्रले वि।सं २०२६ सालमा दिनुभएको ऐनले फिल्म क्षेत्रको हित गर्दैन । नयाँ ऐन आगामी ६ महिना भित्र पास हुनेछ। दोस्रो कुरा, हामीसँग स्टुडियो छैन । ४२ रोपनीको सागाको जग्गामा बन्ने फिल्म स्टुडियोको डिसेम्बरमा हामी शिलान्यास गर्दैछौं । डेढ बर्ष भित्रमा त्यसको उद्घाटन हुनेछ।’

Leave A Reply

Your email address will not be published.