काठमाडौं :
नाटक र फिल्म क्षेत्रमा जमेकी अभिनेत्री हुन् प्रमिला ताम्राकार तुलाचन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन्।
यिनै प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’चरित्रमा देखिँदैछिन्। यिनै प्रमिलासँग ‘अग्निदहन’को विषयमा सम्बन्धित रहेर गरिएको कुराकानी :
तपाईंले बोक्सीको आरोप लागेकी माइली दमिनीको भूमिका निर्वाह गर्नुभएको छ। यो भूमिका तपाईंका लागि कत्तिको चुनौतिपूर्ण रह्यो ?
बोक्सीको आरोप लागेको माईली दमिनीको भूमिका निभाउन मलाई निकै चुनौतीको विषय रह्यो। किनकी यो फिल्म सत्यघटनामा आधारित रहेको हुनाले मैले यसमा माईली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपथ्र्र्यो। ‘अग्निदहन’ मेरो अरुभन्दा निकै फरक भूमिका रहेको फिल्म पनि हो।
यो चरित्रका लागि पात्र अध्ययन गर्नु पनि भयो कि?
माईली दमिनीको चरित्रको लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्यो। यो पात्र निकै चुनौती पूर्ण थियो। मैले यो चरित्रको लागि सुकुम्बासी बस्तीमा गएर धेरै अध्ययन गरें। हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरें।
तपाईंको चरित्रका लागि परिवारसँग सरसल्लाह गर्नुभयो कि भएन ?
मैले चरित्रका लागि घर परिवारसँग सर–सल्लाह गरें। यसमा मेरो श्रीमानले निकै सपोर्ट गर्नुभयो।
फस्टलुक र ट्रेलर आएपछि तपाईंको चरित्रप्रति कस्तो प्रतिक्रिया पाउनुभयो ?
फष्टलुक र ट्रेलर आएपछि सबैले राम्रै प्रतिक्रिया दिनुभयो । धेरै दर्शकले माइली दमिनीलाई सहानुभुति दिनुभयो । कति बच्चाहरु माईली दमिनीको दृश्य आउँदा डराए।
महिलालाई बोक्सीको आरोप किन लगाउँदा रहेछन् ?
जो व्यक्ति अशक्त, दुःखी, गरिब, सहाराविहिन एकल महिला वा पुरुष, जसकाविरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरुलाई नै बोक्सीको आरोप लगाईन्छ ।
माइली दमिनी चरित्रको ह्याङओभर कत्तिको रह्यो ?
पात्रमा माईली दमिनीलाई एउटा दृश्यमा मलमुत्र खुवाई कुटपिट गर्दा मलाई एकदम गाह्रो महशुस भयो । मैले पात्र निभाउँदै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरुलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन माईली दमिनीको ह्याङ ओभर रहिरह्यो।
चरित्र निभाइरहँदा आफू कत्तिको भावुक हुनुभयो?
मैले माईली दमिनीको पात्र निभाई रहँदा निकै भावुक बनें । सबैभन्दा भावुक माईली दमिनीको घर जलाउँदा र मलमुत्र खुवाउँदा भएँ।
प्रमिलाका लागि अग्निदहन किन हेर्ने ?
फिल्म ‘अग्निदहन’ प्रमिलाको लागि हेर्नै पर्ने बनेको छ, किनभने यो फिल्म सत्यघटनामा आधारित छ। फिल्मले बोक्सी कुप्रथालाई हटाउन मद्दत पु¥याएको छ। यस फिल्ममा मैले अरु फिल्ममा भन्दा फरक चरित्र निभाएकी छु। त्यसैले पनि ‘अग्निदहन’ मेरा लागि हेर्नै पर्ने बनेको छ।