सुचना, समाचार र मनोरन्जन

सुटिङ चल्दै गर्दा ‘होस्टेल ३’को अन्तर्राष्ट्रिय बजारमा माग : अस्ट्रेलिया,न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री

काठमाडौं :

छायाङ्कन भइरहेको नेपाली फिल्म ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा धमाधम बिक्री हुन थालेको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी)ले खरिद गरेका छन्। जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन्।

Pach Pandav

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ। यस फिल्ममा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई नेपाली फिल्म उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ‘होस्टेल’फिल्मबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए। ‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। अर्जुन तिवारीको डिओपी रहेको यस फिल्ममा सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले रहेका छन्।

फिल्म मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह(निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

Leave A Reply

Your email address will not be published.