सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

स्थानीय तह उपनिर्वाचनमा सकारात्मक नजिता आउँछ : माओवादी केन्द्र

काठमाडौँ/

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो ।

IVF Big

स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ । बैठकले पालिका सम्मेलन र पार्टीको खबरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।

प्रवक्ता सापकोटाले भने, ‘उपचुनावको देशभरि रिपोर्ट लिइयो । अहिलेसम्म सकारात्मक भन्ने छ । अव कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ ।’

पार्टीले सरकारको विरोधमा जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.