कास्की :
पोखरा महानगरपालिका वडा नं ९ मा सहारा बाल आधारभूत विद्यालयले वडामा रहेका सामुदायिक विद्यालयहरु माझ आधारभूत तह कक्षा १ देखि ८सम्मको स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शुक्रबार उक्त विद्यालयले कार्यक्रमको आयोजना सम्पन्न गरेको हो।
विभिन्न ६ राउण्डमा सञ्चालन गरिएको प्रतियोगितामा सहारा बाल आधारभूत विद्यालय प्रथम, नवप्रभात मा.वि. दोस्रो र महेन्द्र मा.वि तेस्रो हुन सफल भए। उक्त प्रतियोगीतामा उत्कृष्ट भएका विद्यालयका प्रतियोगीहरुलाई नगद पुरस्कार सौजन्यकर्ता कपिल देव गुरुङ, प्रमाणपत्र जनप्रतिनिधि नन्दराम गिरि त्यसैगरि ट्रफी प्रमुख अतिथि वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वितरण गरेका थिए।
पुरस्कार वितरणपछि कार्यक्रमका प्रमुख अतिथी वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडामा रहेको विद्यालयहरुबीच यस किसिमको कार्यक्रम हुनुले बालबालिकाहरुमा थप अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने बताए।
त्यसै गरि कार्यक्रमका विशेष अतिथी सहारा क्लब हङ्कङका कार्यसमिति सदस्य कपिल देव गुरुङले यस किसिमको कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राखे। उनले यो किसिमको कार्यक्रमले वालकालिकाहरुले आफ्नो क्षमता राख्न पाउने बताए।
सामुदायिक विद्यालयहरु माझ सञ्चालन गरिएको कार्यक्रमा महेन्द्र माध्यमिक विद्यालयका प्राचार्य रामदत्त पौडेल, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र जनप्रतिनिधी नन्दराम गिरीले मन्तव्य राखेका थिए।
त्यसै गरि कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले मन्तव्यका क्रममा कार्यक्रमको सम्पूर्ण खर्चको सौजन्य प्रदान गर्नुहुने कपिल देव गुरुङ, उहाको धर्मपत्नी राधा गरुङ र छोरा अनिष गुरुङ लगाएत कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथीहरु, अतिथीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यार्थीहरु सबैको उपस्थीति र पहलले नै कार्यक्रम उत्कृष्ट भएको भन्दै खुशी व्यक्त गरे।