पोखरा/
पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट भाइराज राना मगर सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
जेसीजको वर्ष २०२५ को अध्यक्षको रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए ।
साथै, निर्देशकहरूमा सरोज पौडेल,सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए ।
अध्यक्ष राना मगरले विधान बमोजिम कानुनी सल्लाहकार सुमन पहारी, महासचिव रबिन पौडेल, कोषाध्यक्ष रबिन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।
निर्वाचन आयुक्त मिनराज खड्का रहेका थिए ।