सुचना, समाचार र मनोरन्जन

सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू सञ्चालनमा, केही सेवामा अझै समस्या

काठमाडौं,

गत बिहीबारदेखि बन्द रहेका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुनः सञ्चालनमा आएका छन् ।

दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयहरूमा अनलाइन प्रणालीमा देखिएको समस्या पुनः सञ्चालनमा आएसँगै सेवाग्राहीहरूले नियमित सेवा लिन थालेका छन् ।

अधिकांश सरकारी वेबसाइटमार्फत सेवा सुचारु भए पनि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीमा समस्या देखिएको छ ।

काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालयका वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काममा असहजता भएको छ।

Pach Pandav

अनलाइन सिस्टममा समस्या आएका कारण सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा टाइपिङ गरी प्रिन्ट गरेर सिफारिस दिने गरिएको उनले जानकारी दिए ।

विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू गत बिहीबारदेखि अस्थायी रूपमा बन्द गरिएका थिए ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र डेटा क्षति हुन नदिन सावधानीस्वरूप ती प्रणालीहरू अफलाइन राखिएको जनाएको थियो ।

तर, प्रोग्रामिङ ल्याङ्ग्‌वेज ‘पीएचपी’ मा देखिएको प्राविधिक तथा सुरक्षा कमजोरीका कारण सयौँ सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका थिए ।

सुरक्षा अपडेट र परीक्षणपश्चात् हाल अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.