पोखरा/
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडामा यही आउदो पुषको ६ गते फुड फेष्टिबल आयोजना गरिने भएको छ ।
बीएचएम छैटौं सेमेस्टरका विद्यार्थीले आयोजना गर्ने फुड फेष्टिबलमा विभिन्न खानाका परिकारका साथ मनोरञ्जनात्मक कार्यक्रम हुने बताईएको छ ।
उक्त फेष्टिबलमा सरिक हुनका लागि वक्तृत्वकलामा विजयी भएका विद्यार्थीहरूलाई दुई दुईवटाकाे दरले फ्रि इन्ट्रि टिकेट उपलव्ध गराईएको छ ।