सुचना, समाचार र मनोरन्जन
jaar

एनटिएचएमसिको अन्तर कलेज वक्तृत्वकलामा गण्डकी बोर्डिङकी समता प्रथम

पोखरा/

नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसि, छिनेडाँडा पोखरामा पर्यटनसम्बन्धी अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

पोखराका विभिन्न १७ वटा कलेजका विद्यार्थीहरुबीच भएको “किन किशोर किशोरीहरु विदेश भ्रमण जानु अघि स्थानिय पर्यटन अन्वेषण गर्नुपर्छ” विषयक प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी विद्यार्थी समता थापा प्रथम भएकी छन् ।

एनटिएचएमसिकी मेलिना पाठक दोश्रो हुन सफल भएकी छन् भने डायमण्ड बोर्डिङ स्कुलका ऋतिक गुरुङ तेश्रो हुन सफल भएका छन्।

विद्यार्थीहरुलाई अंग्रेजी र नेपालीमध्ये कुनै एक भाषामा बोल्न दिइएकोमा उनीहरु केहिले नेपाली र केहिले अंग्रेजीमा आफ्नो प्रस्तुति दिएका थिए ।

१७ कलेजका ५१ विद्यार्थीका साथमा उनीहरुका शिक्षक पनि कार्यक्रममा सहभागि भएका कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

विजयी विद्यार्थीहरुलाई निर्णायक संयोजक वसन्त गौतम, कलेलका प्रिन्सिपल प्रकाश रेग्मीले मायाको चीनो तथा प्रमाणपत्र दिएका थिए।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रिन्सिपल रेग्मीले विद्यार्थीलाई अध्ययनका साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सरिक बनाईरहेको बताए ।

विद्यार्थीलाई हौसला पनि चाहिन्छ । यस्ता अतिरिक्त क्रियाकलापले उनिहरुलाई सिर्जनशिल बनाउन सहयोगि भूमिका निर्वाह गर्दछ । विद्यार्थीको वैयक्तिक शैलीमा परिवर्तन ल्याउन र आत्मविश्वास बढाउन मद्यत गर्ने रेग्मीले बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए ।

निर्णायक संयोजकमा सफल पर्यटन व्यवसायी वसन्त गौतम, शुरेसराज अधिकारी र नारायण प्रसाद वराल रहेका थिए । सो अवसरमा गौतमले प्रतियोगितामा सहभागि सबैको प्रस्तुति उत्कृष्ट रहेको बताए । उनले भने, उत्कृष्टताभित्रबाट अंकको आधारमा नतिजा निकाल्नु पर्ने वाध्यता हुन्छ । अंकको भिन्नता धेरै नभएपनि पहिलो, दोश्रो र तेश्रो निकाल्नै पर्ने भएकोले यसलाई नतिजासम्मका लागि सम्झिन र आगामी दिनहरुमा अझैं उत्कृष्टता हासिल गर्ने लक्ष्य बनाउन आग्रह गरे ।

कार्यक्रमको आयोजना एनटिएचएमसिमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुको क्लव युथ अलाईन्सले गरेको अध्यक्ष शुसान्त श्रेष्ठले बताए ।

 

Leave A Reply

Your email address will not be published.