काठमाडौं/
तिनकुने गैरिगाँऊ स्थित ISMT College ले ISMT Expo मा कलेजमा IT मा अध्ययनरत विद्यार्थीहरुले बनाएको Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमतालाई प्रदर्शन गर्न कार्यक्रम आयोजना भएको हो ।
उक्त Expo मा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गर्नुका साथै विद्यार्थीहरुसँग उनीहरुको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुको साथै उज्वल भविष्यको शुभकामना दिनुभएको थियो । साथै उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्नुभएको थियो ।
ISMT Group ले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज सञ्चालन गरि BBA (Business and Management), BHM, BSc, IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।