सुचना, समाचार र मनोरन्जन
jaar

६ महिनापछि ‘कार्साङ’मार्फत सिनेमामा फर्किए दयाहाङ,झाँक्रीको गर्दैछन् भुमिका

काठमाडौं :

अघिल्लो वर्ष अभिनेता दयाहाङ राईको एकपछि अर्को फिल्म रिलिज भएको थियो। बैशाखबाट सुरु भएको फिल्म चैतसम्म नै हलमा लाग्थ्यो। एउटा फिल्म रिलिज भएपछि लगत्तै अर्को उनैको फिल्म प्रदर्शन हुन्थ्यो। उनको मात्रै फिल्म हेरेका दर्शकले विस्तारै उनका फिल्मलाई पन्छाउन थालेका थिए।

उनलाई धेरै फिल्म र एकै खाल्को भएको आरोप लाग्दै आएको थियो। तर यस पटक भने उनी आफ्नो आरोपलाई चिर्ने कोशिसमा आएका छन्। ६ महिनाको ग्यापपछि उनी निकै लामो समयपछि हलमा आउँदैछन्। ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो सिनेमा रिलिज भएको करिब ६ महिना हुनेछ। ‘घर ज्वाईं’ असार २८ गते रिलिज भएपछि उनले फिल्म खेलेका थिएनन्। उनका फिल्म हलमा लागेको थिएन। यो फिल्म रिलिज भएको ६ महिनापछि दयाहाङको ‘कार्साङ’ रिलिज हुन लागेको हो।

आधा वर्षाको ग्यापपछि दयाहाङ हलमा आउँदा दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ। ‘घर ज्वाईं’ पनि व्यापारिक रूपमा सफल चलचित्र हो। आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिने भएका छन्। अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन्।

अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना–आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले देखाउने यसको टिजरले देखाइसकेको छ। टिजरले भुइँ मान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङमार्फत् भनिने प्रष्ट पारेको छ। यो फिल्मले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन्।

प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका थिए। यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन्। यम शेर्पाको डेव्यु निर्देशन रहेको यो फिल्म ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन्।

यो फिल्ममा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ। सिर्जना निङलेखुको यो डेब्यु फिल्म हो। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायाँकार पनि प्रधान नै हुन्। यस फिल्मको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

Leave A Reply

Your email address will not be published.