सुचना, समाचार र मनोरन्जन

छायाङ्कन अगावै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं :

प्रकाश सपुतको मुख्य भुमिका रहने फिल्म ‘सोल्टिनी’ को छायाङ्कन अगावै पोस्टर रिलिज गरिएको छ। निर्माण टिमले आइतबार फिल्मकोपोस्टर आफ्ना दर्शकमाझ सार्वजनिक गरेको हो।

यसअघि फिल्मको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो। हाल पोस्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले फिल्मको छायाङ्कन प्रक्रिया छिट्टै सुरु हुने सङ्केत गरेका छन्। तर कहिलेबाट हो टुङ्गो गरिएको छैन।

Pach Pandav

पोस्टरमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ। सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन्। यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेकोले दर्शकहरूमा विशेष चासो उत्पन्न भएको छ । पोस्टरको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।

भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायाङ्कन हुने ‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउनेछ। साथै, मुख्य पात्रहरू बीचको प्रेमकथाले फिल्मलाई थप रोचक बनाउने निर्देशक सुवेदीले बताए।

यो फिल्मका प्रकाश र परीक्षाका साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ। फिल्ममा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन्।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। फिल्मको नेपाल वितरण आरआर फिल्मस् प्रा.लि. र विदेशी वितरण नेपसिनेले गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। फिल्म ‘सोल्टिनी’ लाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.