सुचना, समाचार र मनोरन्जन
IVF New Banner

फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टरमा जेमी र कविताको लुक्स

काठमाडौँ :

नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक भएको हो।

Safal
IVF Post

हलिउड कलाकार जेमी बेकम रहेका छन् भने अर्को पोस्टरमा डान्सर तथा अभिनेत्री कविता नेपाली छिन्। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो फिल्ममा फरकपन ल्याउने कोशिस गरेको देखिन्छ। यो निर्देशक शाहीको तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्।

हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्मको सम्पूर्ण कार्य सकिए पश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए। यो फिल्ममा स्टारकास्टहरूको लाइन नै लागेको छ। जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।

यस फिल्मका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्। बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।

Leave A Reply

Your email address will not be published.