सुचना, समाचार र मनोरन्जन

‘जिन्दगानी के छ र’भन्दै आए सिडी विजय (भिडियो सहित)

काठमाडौं :

गीतकार लोकराज अधिकारीको शब्दमा ‘जिन्दगानी के छ र’ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार गीतको भिडियो रिलिज गरेको हो। द भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी विजय अधिकारीको स्वर र सङ्गीत रहेको यो गीतको भिडियोलाई बबिता श्रेष्ठ ‘मलेकु’लेनिर्देशन गरेकी छन्।

भिडियोमा दीपेन्द्र राज गिरी, जुना एसडि र बाल कलाकार एला पुरीको अभिनय रहेको छ। प्रियसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा जन्म र मृत्यु शाश्वत भएपनि देशको अवस्थाका कारण आर्थिक भार र ऋणको बोझका कारण मान्छेमा बढ्दै गएको डिप्रेसनले निम्त्याउदै गरेको समस्यालाई देखाउने प्रयास गरेको छ। जस्तो सुकै समस्या आइपरेपनि घरपरिवार प्रतिको जिम्मेवारी बिर्सन नहुने सन्देश भिडियो मार्फत दिन खोजिएको छ।

पुष्कर खत्रीको सङ्गीत संयोजन रहेको गीतको भिडियो उत्तम हुमागाईँले खिचेका हुन भने मीन रावलले सम्पादन गरेको गीतको भिडियोलाई दर्शकले रुचाउनेमा निर्देशक श्रेष्ठ आशावादी रहेकी छन्।

Leave A Reply

Your email address will not be published.