सुचना, समाचार र मनोरन्जन

केटाकेटीले हेर्न नमिल्ने आयो ‘दुःखी आत्मा’को ३ मिने १५ सेकेण्डको टिजर

काठमाडौं :

नेपाली दर्शकलाई सफल फिल्म दिइरहेका निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को टिजर रिलिज भएको छ। आगामी फागुन २ गते अर्थात भ्यालेनटाइन डेको छेको पारेर यो फिल्म प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजर रिलिज गरिएको हो।

यस फिल्ममा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई टिजरमा राखिएको छ। उनीहरु ‘डिग्री माइला’पछि फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएको छ। ३ मिनेट १५ सेकेण्ड लामो टिजरले प्रेमलाई केन्द्रविन्दू बनाएर यौन आकर्षण र दुर्बलताको कथा पेश गरेको छ। दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित रहेको टिजरमा देखिन्छ।

टिजर रिलिज हुनुभन्दा अघि स्कृनमा ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको छ। टिजरमा दयाको अगाडि आँचललाई कामुक हाउभाउ प्रस्तुत गरेकी छन् भने यसमा प्रायः दोहोरो अर्थ लाग्ने संवाद बोलिएको छ। दीपेन्द्र लामाले नै लेखेको यो फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको पनि अभिनय छ।फिल्ममा चर्चित कवि श्रवण मुकारुङले विभिन्न शीर्षकमा लेखेका दशवटा कविता समावेश गरिएको छ, जुन टिजरमा पनि सुन्न सकिन्छ ।

हिमाल कडरियाले निर्माण गरेको यो फिल्ममा कार्यकारी निर्मातामा सुदीप ढकाल छन्। क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्ममा आलोक शुक्लाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

Leave A Reply

Your email address will not be published.