सुचना, समाचार र मनोरन्जन

पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत  : जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन्। झोलामा कापी–कलम बोकेर विद्यालय जाने उमेरमा एनी मोक्तान यतिबेला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छन्।

मकवानपुरको कैलाश गाउँपालिका–४ घर भई हाल कुश्मा नगरपालिका–७ खरेहा बस्दै आएकी एनी आमा रोशनी नेपालीसहित गत असोज ७ गतेदेखि कारागारमा रहेकी छन्। आमा रोशनी लागुऔषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण उनी पनि कारागामा बस्दै आएकी हुन्।

Protin

एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको आमा २७ वर्षीया रोशनीले बताइन्। रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए।

एनीको घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोही नभएका कारण आमा रोशनीले आफूसँगै राख्दै आएको जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले जानकारी दिए।

उक्त मुद्दाको हालसम्म फैसला हुन नसकेको उनले बताए।

Leave A Reply

Your email address will not be published.