सुचना, समाचार र मनोरन्जन

४० लाख खर्चिए फेरि खिचियो सुशील श्रेष्ठको ‘आउट ल’को फोटो

काठमाडौं :

पटक पटक प्रदर्शन मिति सरेको फिल्म फिल्म ‘आउट ल’को केहि दृश्य थपिने भएको छ। सुशील श्रेष्ठको एक्सन फिल्ममा रुपमा रहेको यो फिल्मका लागि निर्मण टिमले केहि दृश्य खिचेर थपिएको हो।

Pach Pandav

त्यसैले उनको आफ्नो महत्वाकांक्षी र प्रतीक्षित बाट पर्दामा फर्किने तयारीमा छन्। यो फिल्मका लागि अभिनेता श्रेष्ठले चार वर्षको समय समेत खर्चिएका छन्। जुन मेहनत यो फिल्मको पोस्टर तथा टिजरमा समेत देख्न पाइन्छ। यस फिल्ममा सुशीलले अहिलेसम्म प्रयोग नभएका एक्सन कोरियोग्राफी र स्टन्टका सबै शैलीलाई पछ्याएको निर्माता पक्षको दाबी रहेको छ। त्यसैको लागि केही साताअघि मात्र ४० लाख खर्चिएर फिल्मको एक दृश्य छायांकन गरिएको थियो।

विक्की महर्जनको पटकथा लेखक तथा निर्देशन रहेको यो फिल्ममा ५० मिनेटको एक्सन दृश्य मात्रै समेटिएको छ।अमित अग्रहरीको लगानी रहेको यो फिल्ममा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारीको पनि अभिनय छ।

चुल्ठे काजीको एक्सन कोरियोग्राफी रहेको फिल्ममा साहिल खानको सम्पादन र नवीन गुरुङको छायांकन छ। विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सहनिर्माता हुन्।

Leave A Reply

Your email address will not be published.